Logo

Breaking News 1

अपराधीलाई उन्मुक्ति दिएकोप्रति रविको आपत्ति 



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन् । 

जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुसियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उनले माग गरे । 

त्यस्तै लामिछानले सधै घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : २१ बजे