Logo

Breaking News 1

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठक बस्नुअघि सात दलको बैठक बोलाएका छन् ।

चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

सात दलको बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । ६० किलो सुन प्रकरणमा छानबिन आयोग बनाउन सरकारले चासो नदिएको भन्दै एमाले आक्रोशित छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : २० बजे