Logo

Breaking News 1

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, ग्यासमै प्रतिसिलिण्डर २१५ रुपैया वृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुगेको छ।

निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

नेपालीहरुको ठुला पर्व शुरु हुने क्रममै रहेका बेला निगमले मुल्य बढाएको हो । निगमले गत असारदेखि स्वचालित मुल्य प्रणाली लागू गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ०५ बजे