Logo

Breaking News 1

संसद् बैठक भोलि, शिक्षा विधेयक, २०८० पेस गर्ने



काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (आइतबार) बस्दै छ । दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए । यसअघि, गएको भदौ २९ गते प्रतिनिधिसभा बैठक बसेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : ४८ बजे