Logo

Breaking News 1

१७ दिन संसद रोकेर प्रधानमन्त्री घुम्न निस्कनु अशोभनीय : ओली


१२ आश्विन २०८०, शुक्रबार  

69
Shares

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए ।

ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताए । ‘यो सरकार अपराधीको संरक्षकको रुपमा, सुन तस्करको संरक्षकको रुपमा देखियो । यसले नेपाली जनता र राष्ट्रलाई केही पनि दिएन’, ओलीले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताए । कोशी प्रदेश अधिवेशनको उद्घाटनका लागि विराटनगर आएका ओलीले सकेसम्म सहमतिमा र नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : २७ बजे