Logo

मुख्य समाचार

उपप्राध्यापक चलाउनेमाथि आक्रमणमा संलग्न एकजना पक्राउ


११ आश्विन २०८०, बिहिबार  

23
Shares

काठमाडौं । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले सयुस श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरेको हो। पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै साढे दुई वर्षदेखि फरार रहेका श्रेष्ठ आज पक्राउ परेका हुन् ।

आक्रमणमा संलग्न नेविसंघका सात जना मध्ये दुई जना फरार रहेका थिए। यसअघि नै पक्राउ परेकाहरूलाई पाटन उच्च अदालतले जनही पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ०७ बजे