Logo

Breaking News 1

एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सर्‍याे‍


११ आश्विन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो ।

भोलि विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ४७ बजे