Logo

Breaking News 1

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता भएको अख्तियारको निश्कर्ष


११ आश्विन २०८०, बिहिबार  

161
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता भएको निश्कर्ष निकालेको छ । करिब तीन महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियारले जलहरी प्रकरणमा अनियमितता पुष्टि भएको बताएको हो । अख्तियार स्रोतका अुनसार उक्त प्रकरणमा अर्को हप्ता मुद्दा दायर गर्ने तयारी रहेको छ ।

जलहरी राख्दा अनियमितता भएको र पछि विवाद सुरु भएपछि सुन थपिएको अख्तियारको निश्कर्ष रहेको छ । जलहरी प्रकरणमा विवाद चुलिएपछि अख्तियारको टोलीले जलहरी निकालेर सुन जोखेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने काम भएको थियो । २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा क्षमा पुजासहित १०८ किलो सुनको जलहरी राखिएको घोषणा गरेकी थिईन् ।

महालेखापरीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले कोषले राष्ट्र बैङ्कबाट १०३.७७३ किलोग्रा सुन ८० करोड ११ हजारमा खरिद गरेको र निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६.८२२ किलोग्राम रहेको र बाँकी रहेको सुन १०.९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख गरेको छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको र जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विविरण पेस नगरेको प्रतिवेदनमा उल्लेख छ।

‘जलहरीको जलाधार, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९३ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाइएको उल्लेख छ । रिङ बनाउन प्रयोग गएको सुनको मूल्य रु ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टिको विवरण पेश गर्न सकेको छैन,’– महालेखको प्रतिवेदनमा भनिएको छ ।

महालेखाले जलहरी प्रकरणमा १० किलो ९७६ ग्राम सुनमा प्रश्न उठाएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : १० बजे