Logo

Breaking News 1

भ्रमपूर्ण सूचनाले आतंक बढ्न थालेको छः सञ्चारमन्त्री शर्मा


११ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री  रेखा शर्माले ‘अनलाइन स्पेस’ लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गर्नु जरुरी भएको बताएकी छन् । बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘अनलाइन स्पेस’ को विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको बताइन् ।

‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको छ’ मन्त्री शर्माले भनिन्, ‘यो पनि सूचनाको हकको सन्दर्भमा चुनौतीपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’ अनलाइन स्पेसलाई सुरक्षित बनाउनका लागि कानुनी र संस्थागत गर्न सरकारले पहिलो पटक ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ जारी गरेको छ ।

मन्त्री शर्माले सूचनाको संरक्षण र सूचनाको हकको कार्यन्वयनका सम्बन्धमा अनलाइन स्पेस सुरक्षित गर्न यो महत्वपूर्ण पाइला हुने विश्वास लिएको बताएकी छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : ११ बजे