काठमाडौं । भारतमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबिच भेटवार्ता भएको छ । इन्डो–प्यासिफिक आर्मिज चिफ कन्फ्रेन्समा सहभागी हुन भारत पुगेका शर्मा र पाण्डेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटघाटमा दुई सेना प्रमुखबिच द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । शर्मा असोज ७ गते सम्मेलनको १३ औँ संस्करणमा भाग लिन नयाँ दिल्ली पुगेका हुन् ।
असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको सहभागिता थियो ।
प्रतिक्रिया