काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध सांघातिक आक्रमण गर्नेविरुद्ध हालेको मुद्दामा विशेषज्ञ बुझ्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले यस्तो आदेश दिएको हो ।
मुद्दामा सोमबार पनि न्यायाधीश सिलुवालकै इजलासमा सुनुवाइ भएको थियो । सोमबार भने मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार पुनः सुनुवाइ सुरु भएको थियो ।
मंगलबारको सुनुवाइपछि अदालतले चिकित्सक झिकाउने आदेश दिएको हो । चलाउनेमाथि २०७७ असोज २० मा नेपाल विद्यार्थी संघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए ।
प्रतिक्रिया