Logo

बागमती प्रदेश

एमाले बाग्मती प्रदेश नेतृत्वका लागि बिहिबार चुनाव हुने



काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

तालिका अनुसार उम्मेदवारी दर्ता बुधबार हुने र बिहिबार चुनाव हुने भएको हो । नेता शेरबहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुनेछ । यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

असोज ११ गते बिहीबारका लागि मतदानको मिति तय भएको छ । मतदान बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : २६ बजे