Logo

Breaking News 1

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा



सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ‌। मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् । बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन् ।

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् । शाहले भने,’अधिवेशनलाई एउटा अवसरको रुपमा लिएका छौँ । तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति‌ लागिरहेको छ।’

यस्तै शाहले कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ०३ बजे