Logo

Breaking News 1

अभियन्ता ईः र महानगरबीच वार्ता हुँदै, बालेन सहभागी नहुने



काठमाडौं। फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका सामाजिक अभियन्ता ईःसँग महानगरपालिकाले आज वार्ता गर्ने भएको छ ।

अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ । भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ । वार्तामा मेयर बालेन शाह भने उपस्थित नहुने भएका छन् ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अगाडी उभिईरहेका छन् । उनलाई आजबिहान महानगरकी उपमेयर सुनिता डंगोलले पनि भेटेकी थिईन् । उपमेयर डंगोलसँगको भेटपछि अभियन्ता ईः वार्तामा बस्न तयार भएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ०२ बजे