Logo

मुख्य समाचार

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ



लमजुङ । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई वडाध्यक्षले कुटपिट गरेका छन् । बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राती डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालले जनाएको छ ।

बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेको डाक्टर अधिकारीले बताएका छन्।  वडाध्यक्ष बस्नेतलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १६ बजे