Logo

मुख्य समाचार

चिकित्सक भक्तमान श्रेष्ठलाई अपहरण गर्ने तामाङ १३ वर्षपछि पक्राउ



काठमाडौँ । डाक्टर भक्तमान श्रेष्ठलाई अपहरण गर्ने नुवाकोटका लुप्पा भनिने सुब्बा तामाङलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

तामाङलाई गाउँमै आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले तामाङलाई आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले कैद सजायको लागि कारागार चलान गर्न आदेश दिएको छ।

चितवन जिल्ला अदालतको ०६९ जेठ २४ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक कसुरमा तामाङलाई दोषी ठहर गर्दैै १३ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

२०६७ जेठ ४ गते राती सवा १० बजे क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक समेत रहेका डाक्टर श्रेष्ठ चितवन अस्पतालबाट हिमचुली विकास बैँक नजिकको मोडमा रहेको क्वाटरतर्फ जाने क्रममा अपहरण गरी नुवाकोट, काठमाडौं र धादिङका विभिन्न स्थानमा राखिएको थियो ।

अपहरणकारीको समूहले पिडित परिवारलाई ईन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी साढे तीन किलो सुन फिरौती मागेको थियो । २०६७ जेठ १९ गते श्रेष्ठले फिरौतीवापतको सुन भारतको कानपुरमा प्राप्त गरेपछि अपहरणकारीको समुहले जेठ २२ गते बिहान २ः३० बजे श्रेष्ठलाई धादिङको मझिमटारमा छाडिदिएका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : १५ बजे