काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगको विषयमा चिनिया राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको विषयमा छलफल भएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री दाहालले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सी सँग एक्लै र सामूहिक रुपमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा रेल, हवाई यातायात र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालको भनाई छ ।
अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्कने छन् ।
प्रतिक्रिया