Logo

मुख्य समाचार

आज प्रेस काउन्सिलको काम कारबाही बन्द हुने



काठमाडौं । आज प्रेस काउन्सिल नेपालको सम्पुर्ण काम कारबाही बन्द हुने भएको छ । प्रेस काउन्सिलको वार्षिकोत्सबको अवसरमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई सार्वजनिक विदा दिए पछि सम्पुर्ण काम कारबाही बन्द हुन लागेको हो ।

हिजो काउन्सिलको ५४औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले  आइतबार सार्वजजिक विदा दिएको जनाइएको छ ।

काउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट विदा दिने व्यवस्था गरिएको छ । सोही विनियमावली अनुसार कार्यालय बन्द रहने शनिबार काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १३ बजे