काठमाडौं । एसियाडमा भाग लिन नेपाली क्रिकेट टोली आइतबार चीन प्रस्थान गर्दैछ । तर नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने १९ औं एसियाली खेलकुद खेल्न आइतबार टोलीसँगै चीन जान नपाउने भएका छन् ।
सन्दीपको आइतबार अदालतमा पेशी परेको कारण उनी टिम संगै जान नपाउने भएका हुन् । नेपाली क्रिकेट टोली आइतबार दिउँसो १२ बजे चीन प्रस्थान गर्दैछ ।
नेपालले घाइते स्पिनर ललितनारायण राजवंशीको स्थानमा सागर ढकाललाई टोलीमा समेटेको छ । एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया