काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा दलहरूबीचको विवाद कायमै रहेपछि शुक्रबार दलका नेताहरुको दोस्रो बैठक पनि विनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानबाट पछि नहटेपछि आयोग गठनमा सहमति जुट्न नसकेको हो ।
तर एमालेले भने सरकारले संसदमा गरेको वाचा र सहमति कर्यान्वयन गर्न नसकेको आरोप लगाएको छ । सचेतक महेश बर्तौलाले सत्तापक्षकै उच्चस्तरीय नेताहरूको संलग्नतामाथि छानबिन हुने डरले सरकार आयोग बनाउन तयार नभएको आरोप लगाएका छन् ।
यता माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा भएको सहमतिअनुसार प्रतिपक्षी दल अगाडि बढ्न नखोजेको जवाफ दिएका छन् । संसदको सहमतिअनुसार आयोग गठन गर्न खोजिएको भएपनि एमालेले समस्या सिर्जना गरेको उनको भनाई छ ।
प्रतिक्रिया