काठमाडौँ ।करिब ६१ किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा दलहरूबीच विवाद देखिएको छ ।
शुक्रबार साँझ सिँहदरबारस्थित गृह मन्त्रालयमा बसेको मुख्य दलका नेताहरूको बैठकमा आयोगको क्षेत्राधिकारका बारेमा दलका नेतारुका बिचमा विवाद देखिएको हो ।
यसअघि सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति गत भदौ ६ गते भएको थियो । तर शुक्रबारको बैठकमा दलहरुबिच कुरा नमिलेपछि एमालेका सचेतक महेश बर्तौलाले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आजैबाट काम गर्ने भन्ने सहमति भएपनि सरकारले उदासीनता देखाएको आरोप लगाएका छन् ।
गत भदौ ६ गते दलहरूबीच भएको सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी तस्करी गरिएको सुनलगायत पटकपटक तस्करी भइरहेकाबारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।
भेप प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा जोडिएका छन् ।
प्रतिक्रिया