Logo

मुख्य समाचार

बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला


५ आश्विन २०८०, शुक्रबार  

46
Shares

बैतडी । बैतडीमा एक १९ वर्षीया किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन् ।

घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन् ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्ट मृत्युको कारण भने खुलेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ४५ बजे