Logo

Breaking News 1

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबिच वार्ता



काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता शुरु गरेको छ । बिहिबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु रहेका छन् ।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।

उनीहरुले आफूहरुको माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने भन्दै अर्थ, शिक्षा र कानुन मन्त्रीको उपस्थितिमा मात्र वार्ता गर्ने अडान गर्दै राख्दै आएका थिए । सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिमेवारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : १६ बजे