Logo

Breaking News 1

नेतृत्व हस्तान्तरण गर्न तयार छु : निराजन नेपाल



काठमाडौ। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) मातहतको बलियो सङ्घ हो – स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल । जसको प्रतिनिधित्व देशभरि नै  नेविसंघबाट प्रतिनिधि भएर  निर्वाचित हुने स्ववियु सभापति, पदाधिकारी एवं सदस्यहरूले गर्ने व्यवस्था छ ।

२०५२ मा स्थापना भएको स्ववियु परिषद्का संस्थापक अध्यक्ष तत्कालीन सभापति एवं वर्तमान नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर हुन्, जसको उद्देश्य काँग्रेसलाई मजबुद बनाउने र प्रत्येक क्याम्पसमा नेविसंघका प्रतिनिधिलाई  देशभरि नै सङ्गठित गर्ने थियो र अहिलेसम्म पनि स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल  देशभरि नै आफ्नो सङ्गठनलाई प्रादेशिक संरचनाअनुसार नै विस्तार गरेको  र केन्द्रीय समितिले पनि पूर्णता पाएको थियो, जसका अध्यक्ष निराजन नेपाल छन् ।

२०७३ को स्ववियु निर्वाचनबाट निर्वाचित सभापति निराजन परिषद्को अध्यक्ष हुँदा अधिवेशनबाटै नेतृत्व लिएको हाे । त्रिविको नियमावलीअनुसार २/२ वर्षमा हुने भने पनि  २०७३ मा भएको निर्वाचन ६ वर्षपछि २०७९ मा भएको थियो, जसमा नेविसंघ प्रथम स्थानमा रहेको सङ्गठनको दाबी छ । तर, अन्य पार्टीका भ्रातृ सङ्गठनको पनि यही दाबी भएकाले  यसको उत्तर त्रिविले नै दिनुपर्ने परिषद्का अध्यक्ष नेपाल बताउँछन् । ‘नेविसंघ नै प्रथम हो । देशभरिकै रेकर्ड हामीसँग छ, जो त्रिविले दिन सकेको छैन,’ उनले भने ।

२०७९ चैत्रमा स्ववियु निर्वाचनसँगै निर्वाचित साथीहरू नयाँ सोचअनुसार सङ्गठनलाई चलायमान बनाउन आइसकेका कारण अब नेतृत्व हस्तान्तरण गर्न तयार भएको र समयावधिभित्रै गर्नुपर्ने पनि आजको आवश्यकता भएको उनी बताउँछन्  । तर, नेतृत्व चयन तथा  हस्तान्तरण अधिवेशनबाट मात्रै सम्भव रहेको र अधिवेशनलाई नै लक्षित गरी आफ्नो तयारी गरिरहेको नेपालको भनाइ छ । उनकै भनाइ अनुसार निर्वाचनका लागि आफ्नो व्यक्तिगत उम्मेदवार  नरहेको पनि हाम्रो कुराकानीमा उनले भनेका छन्, ‘मेरो व्यक्तिगत उम्मेदवार परिषद्को अधिवेशनमा छैन, सबै साथीहरू आफू नै सक्षम भएर नै निर्वाचित भएर आउनु भएको छ  । उम्मेदवार को को बन्नुहुन्छ, त्यो पछि सङ्गठनले निर्णय गर्छ, जो निर्वाचित हुन्छ, उसलाई स्वागत र हस्तान्तरण गर्न तयार छु ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ३ : २१ बजे