Logo

Breaking News 1

आन्दोलनमा लागेबापत कारबाही गरे प्रतिवाद गर्ने शिक्षक महासंघको चेतावनी



काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले प्रतिवाद चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने प्रतिवद्धता जवाफ फर्काएका हुन् ।

महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ५६ बजे