Logo

मुख्य समाचार

सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५४ बजे