Logo

Breaking News 1

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा



काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् ।

अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयघातबाट निधन भएको थियो ।

अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसदले एक अनुभवी,  असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : ०१ बजे