Logo

Breaking News 1

आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा



काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

चिकित्सक डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले दिएको अल्टिमेटम दिएको भएपनि माग पुरा नभएको भन्दै संघले अस्पताल बन्द गर्ने घोषणा गरेको हो ।

संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।

देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : १९ बजे