Logo

Breaking News 1

संविधान दिवसका दिन विभूषण वितरण नगर्ने सरकारको निर्णय


२९ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । सरकारले विभूषण वितरणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदन नआउन्जेल वितरण स्थगित गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बंठकले यसपटक संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने निर्णय समेत गरेको छ ।

विभूषण वितरण कार्यलाई मर्यादित र थप व्यवस्थित गरि विभूषणको गरिमा बढाउनका लागि संविधान दिवसको अवसरमा राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ४३ बजे