Logo

कर्पोरेट

प्रभु क्यापिटलको लाभांश घोषणा


२९ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौ। प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाएको छ । सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : १२ बजे