Logo

Breaking News 1

संसदमा प्रधानमन्त्रीको सम्बोधन, सुन तस्करीको छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढ्यो



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीकको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले अवैध सुुन तस्करीको सम्बन्धमा सीआईबीले आफ्नो प्रतिवेदन बुझाइसकेको भन्दै सहमतिअनुसार आयोग गठन गर्ने प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिएका हुन् ।

‘म केही समसामयिक विषयमा प्रष्ट पार्ने अनुमति चाहन्छु । अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ,’ उनले बैठकमा भने ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ३ : २० बजे