Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेट हुने


२९ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्डले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो।

प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए।

‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ।’

उनले चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि बताए।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १ : ५२ बजे