Logo

खेलकुद

एसिया कप क्रिकेट : श्रीलंकालाई पाकिस्तानले दियो वलियो लक्ष्य



काठमाडौं । एसिया कपको सुपर फोर खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४२ ओभरमा छोट्याईएको खेलमा पाकिस्तानले ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले ।

रिजवानले अविजित ८६ रन बनाए भने शफिकले ५२ रन बनाए । यस्तै ईफ्तिखार अहमदले ४३ रन, कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए ।

श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । यस खेल जित्ने टोलीले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १० : ०३ बजे