काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघका महासचिव डाक्टर सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए ।
गत भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा दुईजना डाक्टरहरुमाथि आक्रमण भएको थियो ।
सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरू डाक्टर थापा र डाक्टर बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया