काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट गोलखाँडामा सार्ने तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ ।
सर्वोच्चले २०७४ साल माघ ११ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुमपूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२, गोलखाडामा तोक्ने निर्णय बदर गरेको हो ।
संवैधानिक इजलासले आवश्यक मापदण्ड बनाएर सदरमुकाम तोक्न पनि परमादेश दिएको छ । संवैधानिक इजलासले रुकुमको सदरमुकाम विवाद पाँच वर्षपछि टुंगो लगाएको हो ।
प्रतिक्रिया