Logo

मुख्य समाचार

अनुमतिविना प्रहरीको पोशाक र दर्ज्यानी चिन्ह प्रयोग नगर्न प्रहरी प्रधान कार्यालयको चेतावनी



काठमाडौं । नेपाल प्रहरीले चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा फेसबुक, टिकटक लगायतका लागि भिडियो बनाउने प्रयोजनका लागि अनुमति नलिइ पोशाक प्रयोग नगर्न चेतावनी दिएको छ ।

नेपाल प्रहरीको प्रवक्ता कुवेर कडायतले विज्ञप्ती जारी गर्दै प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र पोशाकको प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरुको व्यवसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन समेत विज्ञप्तीमार्फत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ०६ बजे