Logo

Breaking News 1

विवादमा नआएका राजनीतिज्ञ नेम्वाङ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको ७० वर्षको उमेरमा मंगलबार बिहान निधन भयो । उनको पार्थिव शरीर एमालेको पार्टी कार्यालयमा राखिएको छ । बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राखेर बिहिबार बिहान मात्रै उनको दाहसंस्कार हुनेछ ।

समाकालिन राजनीतिमा विवादमा नै नआएका सीमित राजनीतिज्ञमा पर्ने नेम्वाङ नेपालको संविधान निर्माणका बेला संविधानसभा अध्यक्ष रहेका व्यक्ती हुन् । कम्इुनिष्ट राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएपनि नेम्वाङको संविधानसभा अध्यक्षको भूमिकामाथि कसैले पनि प्रश्न उठाउने ठाउँ छैन ।

कांग्रेस महामन्त्री गगन थापाले समेत आफुलाई संसदीय अभ्यासबारे धेरै सिकाएको बताएका छन् । संसदमा कस्ता कपडा लगाउनदेखि कसरी बोल्ने भन्ने समेत नेम्वाङले सिकाएको महामन्त्री थापाको स्मरण छ । त्यसोत संविधान बनाउने समयको नेम्वाङको भूमिका उत्कृष्ट थियो । अनि त दुई दुईपटकसम्म संविधानसभाको अध्यक्षको जिम्मेवारी पाएका थिए नेम्वाङले ।

माओवादीका सांसदहरुले संसदमा कुर्ची तोडफोड गरेर बैठक नै अवरुद्ध गर्दा समेत नेम्वाङको संसद चलाउने कलाकै कारण थप अराजकता मौलाउन पाएन । त्यसबाहेक हरेक विषयमा वार्ता र सहमतिको विकल्प नभएको बताएर शिर्ष राजनीतिक दलका नेताहरुसँगको संवादले अन्ततः संविधान बन्ने अबस्था बनेको थियो ।

तर तिनै सफल सभामुख नेम्वाङको अकल्पनीय निधन भएको छ । र नेम्वाङ सदाका लागि विलिन भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ५८ बजे