Logo

कोशी

धरानका उपप्रमुखको घरमा आक्रमण



काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।

हतियारसहित घरमा पसेको समूहले उपप्रमुखका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।

धरान– १५ स्थित बेघाको घरमा हतियारधारी समूहले ढुंगामुढासमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ४६ बजे