Logo

Breaking News 1

एमाले सचिवालय बैठक : सुवास नेम्वाङको कुर्सीमा फूलमाला



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।

संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकपछि नेम्वाङको शव नेपाली सेनाको टोलीले त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याएको छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : ३७ बजे