Logo

मुख्य समाचार

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण श्रदाञ्जली ब्यक्तसमेत गरेकी छन् ।

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छन् । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उनको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’ एमाले उपाध्यक्ष नेम्वाङकाे गए राती हृदयघातबाट निधन भएकाे थियाे ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ५९ बजे