काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले दाङ, बाग्लुङ, भक्तपुर, महोत्तरी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । त्यस्तै अध्यागमन विभागमा रुद्रसिंह तामाङलाई पठाइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । मन्त्रालयले रामबन्धु सुवेदीलाई दाङ, गणेश अर्याललाई रुपन्देही, शिवराम गेलाललाई महोत्तरी र रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा पठाइएको छ ।
प्रतिक्रिया