Logo

Breaking News 1

पाकिस्तानलाई भारतकाे ३५७ रनको लक्ष्य



काठमाडाैं । एसिया कप क्रिकेटको सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर ब्याटिंगको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतीमा ३५७   रन बनायो । जसमा कोहलीले कीर्तिमानी शतक जोडे ।

उनी १२२ रनमा अविजित रहे । कोहलीले आफ्नो एकदिवसीय करियरमा ४६ शतक हिर्काउने क्रममा १३ हजार रन पूरा गरे  ।  कोहलीले आफ्नो २६७ औं इनिङ्समा १३ हजार रन पूरा गरेका हुन्  ।

योसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् । हाल यो रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ०४ बजे