Logo

Breaking News 1

जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेका छ : गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाली समाजको मौलिक परम्परा बिर्गान खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पारे । श्रेष्ठले राजनीतिक परिवर्तनसंगै आधारभूत आवश्यता पूरा होस् भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।

नेपाली जनताले चाहेजस्तो समृद्धि पूरा हुन नसकेको भन्दै उनले सरकारको गम्भीर कार्यभार विकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गरे ।

उनले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए । न्दै सवै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १ : २४ बजे