Logo

Breaking News 1

सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा, सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रारम्भिक अनुसन्धान अन्तिम चरणमा पुगेको छ । संगठित अपराधमा ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सीआईबीले पहिलो चरणको अनुसन्धान सक्न लागेको हो ।

६० किलो सुन तस्करीमा पक्राउ परेका ३० मध्ये ९ जना विदेशी छन् । यसअघि विद्युतीय चुरोटमा सुन लुकाएर ल्याउने समूहमाथि गरेको अनुसन्धानमा दोषी देखिएका फरार चिनियाँ नागरिक नै ६० किलो सुन तस्करीका पनि मुख्य मालिक भएको खुलेको बताइएको छ ।

सुन तस्करीको रकम क्रिप्टोकरेन्सीमा भुक्तान गरेको देखिएको बताइएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न हङकङ पुगेको सीआईबीको टोली फर्किसकेको छ ।

सीआइवीले सोमबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १० : २२ बजे