काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म एक हजार बढिको मृत्यु भएको छ ।
शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण अहिलेसम्म एकहजार बढिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर ६सय बढि घाइते भएका छन् ।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महशुश गरिएको मोरक्कोका सञ्चारमाध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ ।
सरकारी अधिकारीहरूका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया