Logo

Breaking News 1

निजामती ऐन र शिक्षा ऐन संसदमा पेश गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले संघीय निजामती सेवा र संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ६ : ४९ बजे