Logo

Breaking News 1

माधव नेपालको प्रश्न– नेपालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन ?



काठमाडौं। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर संसदबाट पारित भई जारी भएको अद्यावधिक नेपाालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन भन्दै प्रश्न गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्नेमा त्यसो भयो कि भएन भन्दै प्रश्न गरेका हुन् ।

संसदबाट पारित भई जारी भएको नक्साबारे विश्वलाई लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै उनले प्रश्न गरेका हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १ : ५९ बजे