Logo

मुख्य समाचार

भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण पुन: अवरुद्ध



काठमाडाैं । एसिया कप एकदिवसीय क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच भइरहेको खेल वर्षाका कारण पुन:  अवरुद्ध भएको छ ।

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ११ दशमलब २ ओभरमा  ३ विकेटको क्षतीमा ५१ रन बनाएको अवस्थामा पानी परेपछि खेल पुन: अवरुद्ध भएको हो ।

यसअघि ४ दशमलब २ ओभरमा १५ रन बनाएको अवस्थामा पनि पानी परेपछि खेल अवरुद्ध भएको थियो । भारतका कप्तान रोहित शर्मा ११, विारट कोहली ४ र श्रेयर ऐयर १४ रनमा आउट भए ।

अहिले शुभमन गिल र इशान किसन क्रिजमा छन् ।  पाकिस्तानका साहिन साह अफ्रिदीले २ र हरिस रउफले १ विकेट लिए  । सस्तैमा प्रमुख ३ विकेट गुमेपछि भारतको पारी समस्यामा परेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : ३७ बजे