Logo

मुख्य समाचार

पूर्व युवराज पारश शाह डिस्चार्ज



काठमाडौं । पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन् । मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन् ।

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप विवरण सार्वनिक गरिएको छैन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : २९ बजे