Logo

मुख्य समाचार

रास्वपाले आज मधेस प्रदेशस्तरीय प्रशिक्षण गराउँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट मधेस प्रदेशमा विशेष प्रशिक्षणको आयोजना गर्दै छ । भोलिसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक बिषयमा उक्त प्रशिक्षण हुनेछ ।

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजवाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन् ।

मधेसमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन् । मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : २७ बजे